
प्यूठानमा नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार माडी नदीले बगाउँदा स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो ।
बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल शव भेटिएको प्रहरीको भनाइ छ ।