१० असार २०८३, बुधबार

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

कात्तिक १८, २०८१
काठमाडौं
उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

उपप्रधान‍ एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन् । 

उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । 

विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा उपस्थित हुने सिंह उच्च पदाधिकारी हुन्। अन्य देशबाट शहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।

शहरी विकासबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्ने छन् । 

नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ  । ६ /६ वर्षमा हुने अर्बान फोरम शहरी विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ । 

कार्यक्रममा सहभागी भएर उनी आउदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्