१९ असार २०८३, शुक्रबार

राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट तिहारको टीका

कात्तिक १८, २०८१
काठमाडौं
राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट तिहारको टीका

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन् । 

राष्ट्रपति पौडेलले आइतबार बिहान शितलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका हुन् । 

यस वर्षको भाइटीकाको उत्तम साइत आइतबार बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।

भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्