११ असार २०८३, बिहीबार

मुख्यमन्त्री कार्कीले लगाए बहिनीहरूबाट टीका

कात्तिक १८, २०८१
विराटनगर
मुख्यमन्त्री कार्कीले लगाए बहिनीहरूबाट टीका

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभ साइतमा बहिनीहरूबाट भाइटीका लगाएका छन् ।

झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दीपक कार्कीसँगै उनले टीका लगाएका मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छन् ।

टीका लगाएसँगै उनले नेपालीहरूको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए ।

उनले नेपालीहरूको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्