१८ असार २०८३, बिहीबार

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

कात्तिक १८, २०८१
काठमाडौं
कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् ।

सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएका उनको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज  बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्