०५ साउन २०८३, मंगलबार

विश्वकप लिग-२ : जितका साथ अमेरिका भ्रमण अन्त्य गर्ने लक्ष्यमा नेपाल

कात्तिक १९, २०८१
काठमाडौं
विश्वकप लिग-२ : जितका साथ अमेरिका भ्रमण अन्त्य गर्ने लक्ष्यमा नेपाल

आइसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलामा नेपालले आज (सोमबार) स्कटल्यान्डको सामना गर्दैछ। 

डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा खेल नेपाली समयानुसार राति १०:१५ मा शुरू हुनेछ । अमेरिका भ्रमणमा नेपालको यो अन्तिम खेल हो ।

चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ । करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए । 

घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ । शृंखलामा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । तर, घरेलु टोली अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित हुनपुग्यो । 

लिग टु का एघार खेल खेलिसकेको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । ११ खेलमा पाँच अंक जोडेको नेपाल सातौं स्थानमा छ । एक खेल कम खेलेको स्कटल्यान्ड १३ अंकका साथ तेस्रो स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्