
अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
वर्तमान उपराष्ट्रपतिसमेत रहेकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपतिका रूपमा विजयी भएका हुन् ।
यसअघि ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए । २०२० को चुनावमा भने उनी जो बाइडेनसँग पराजित भए ।
अमेरिकाको ५३८ इलेक्टोरल भोटमा उनले २७९ भोट ल्याएर बहुमत हासिल गरेका हुन् ।
अमेरिकी निर्वाचन आयोगले भने औपचारिक रूपमा उनको जीत घोषणा गरेको छैन ।