११ असार २०८३, बिहीबार

नेपाल टेलिकमका कर्पोरेट ग्राहकले 'मल्टिपल टीभी' जडान गर्न सक्ने

कात्तिक २१, २०८१
काठमाडौं
नेपाल टेलिकमका कर्पोरेट ग्राहकले 'मल्टिपल टीभी' जडान गर्न सक्ने
फाइल फोटो

नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरूका लागि 'मल्टिपल टीभी' जडान गर्ने व्यवस्था गरेको छ ।​​

यसअन्तर्गत ४ वटा वा सोभन्दा बढी टीभी जडान गर्ने कर्पोरेट ग्राहकले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरू खरिद गर्न सक्ने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

उनका अनुसार ४ देखि १० वटा टीभी जडान गर्ने ग्राहकले प्रति सेटअप बक्स २ हजार ९ सय ३८ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् ।

यस्तै, ११ वटाभन्दा बढी टीभी जडान गर्ने ग्राहकले प्रति सेटअप बक्स २ हजार ८ सय २५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

थप जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्