१५ असार २०८३, सोमबार
पहिलो चरणको निर्वाचन

तपाईको निर्वाचन क्षेत्रको मतपत्र कस्तो छ ? यहाँ हेर्नुहोस्

कात्तिक २३, २०७४
तपाईको निर्वाचन क्षेत्रको मतपत्र कस्तो छ ? यहाँ हेर्नुहोस्

काठमाडौं, २३ कात्तिक–निर्वाचन आयोगले पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुने उच्च पहाडी र हिमाली ३२ जिल्लाका लागि प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको छ । आयोगले निर्वाचन क्षेत्र अनुसार छुट्ट–छुट्टै मतपत्र बनाएको छ । 

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र एकदमै छोटो र छरितो बनाएको छ । आयोगले सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको मात्र चुनाव चिन्ह समेटेर मात्र मतपत्र तयार पारेको छ । यस्तो हुँदा मतदाताहरु झुक्किने तथा मत बदर जाने सम्भावना पनि कम हुने आयोगको बुझाइ छ । 

जस्तै गोरखा–१ मा उम्मेदवारी दर्ता गराएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको मात्रै उक्त क्षेत्रको मतपत्रमा चुनाव चिह्न छ । यस्तै मनाङ र मुस्ताङ जिल्लाको मतपत्रमा दुईवटा मात्रै चुनाव चिह्न छ । 

हेर्नुहोस्, तपाईको निर्वाचन क्षेत्रको मतपत्र कस्तो हुनेछ ।

आफ्नो क्षेत्रको मतपत्रको नमूना हेर्न सम्बन्धित जिल्लामा क्लिक गर्नुहोस्;

प्रदेश नं १

सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ

प्रदेश नं ३

नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप

प्रदेश नं ४

मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा

प्रदेश नं ५

रूकुम पूर्वी भाग
रोल्पा

प्रदेश नं ६

रूकुम (पश्चिम)
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा

प्रदेश नं ७

दार्चुला
बझाङ
बाजुरा
बैतडी

salt training

कमेन्ट गर्नुहोस्