०३ असार २०८३, बुधबार

सडक दुर्घटनामा एकजनाको मृत्यु, एकजना घाइते

कात्तिक २३, २०७४
सडक दुर्घटनामा एकजनाको मृत्यु, एकजना घाइते

बाँके, २३ कात्तिक–बाँकेको नेपालगञ्जमा गएराति भएको सडक दुर्घटनामा परि एकजनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् । 

नेपालगञ्जको कारकाँदो चोक नजिकै भे १ ज ७२८ नम्बरको जिपमा भे ६ प ३९६ नम्बरको मोटरसाइकल ठोक्किँदा बाँके जिल्ला कोहलपुर नगरपालिका–३ किरणनालाका ४२ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ । 

सडक पार गर्दै गरेको गाडीमा मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा पछाडी सवार बस्नेत गम्भीर घाइते भई नर्सिङहोममा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मोटरसाइकल चालक बर्दिया बढैयाताल–१ का ३३ वर्षीय पूर्णबहादुर विसी घाइते भएका छन् । उनको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्