२५ जेठ २०८३, सोमबार

नुहाउन गएका तीन बालिकाको पोखरीमा डुबेर मृत्यु, गाउँभर शोक

कात्तिक २२, २०८१
काठमाडौं
नुहाउन गएका तीन बालिकाको पोखरीमा डुबेर मृत्यु, गाउँभर शोक

भारतको झारखण्डस्थित चतरा जिल्लामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १० वर्षीया विशाखा कुमारी, ८ वर्षीया कीर्तिकुमारी र १० वर्षीया अंशुकुमारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

घटना चतराको हन्टरगञ्जको वशिष्ठ नगर थाना क्षेत्रको धोबे गाउँको हो। पन्जाब केशरीको समाचारअनुसार तीनै बालिका पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

गाउँलेहरूले पोखरीमा तैरिरहेको बालिकाको शव देखेपछि घटना बाहिर आएको हो । घटनाले गाउँभर शोक छाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्