२३ जेठ २०८३, शनिबार

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारी

कात्तिक २३, २०८१
काठमाडौं
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारी

अस्ट्रेलियामा सामाजिक सञ्जालको प्रयोगलाई लिएर ठूलो घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन सरकारले कानुन बनाउने बताएका छन् । 

अल जजीराको रिपोर्टका अनुसार अष्ट्रेलियाका सञ्चार मन्त्री मिशेल रोल्याण्डले कानूनमा इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्सजस्ता सोशल मिडिया प्लेटफर्महरू समावेश हुने बताइन् । राउल्यान्डले अल्फाबेटको युट्युब पनि यो कानूनको दायरामा आउने सम्भावना रहेको बताइन् । 

प्रधानमन्त्री अल्बानीजले पत्रकार सम्मेलनमा भने, 'सामाजिक मिडियाले हाम्रा बच्चाहरूलाई चोट पुर्याउँदैछ र म यसलाई रोक्न चाहन्छु।' यो ऐन यसै वर्ष संसद्‌मा पेश हुने उनले बताए । संसदबाट पारित भएको १२ महिनापछि कानुनको रूपमा लागू हुनेछ । 

अस्ट्रेलियामा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव यस वर्षको शुरूमा उठाइएको थियो । 

गत वर्ष फ्रान्सले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्