२५ जेठ २०८३, सोमबार

महिला उम्मेदवारमाथि अशोभनीय टिप्पणी नगर्न भारतीय निर्वाचन आयोगको चेतावनी

कात्तिक २३, २०८१
काठमाडौं
महिला उम्मेदवारमाथि अशोभनीय टिप्पणी नगर्न भारतीय निर्वाचन आयोगको चेतावनी

भारतको निर्वाचन आयोगले महिला उम्मेदवारमाथि अशोभनीय टिप्पणी नगर्न सबै उम्मेदवार र राजनीतिक दलहरूलाई चेतावनी दिएको छ।

महाराष्ट्र विधान सभा निर्वाचनमा महिला प्रत्यासीमाथि अशोभनीय टिकाटिप्पणी भइरहेपछि आयोगले यस्तो चेतावनी दिएको हो।

आयोगले महिला उम्मेदारविरुद्ध अशोभनीय टिप्पणी गर्नेहरूलाई कडा कारबाही गर्न पनि जिल्ला निर्वाचन अधिकारीहरूलाई निर्देशन दिएको छ।

चुनाव प्रचारका क्रममा महिला उम्मेदवारमाथि अपमानजक वा अशोभनीय टिप्पणी नगर्न आयोगले सचेत गराएको हो। आयोगले शुक्रबार महाराष्ट्र राज्यभरका जिल्ला निर्वाचन अधिकारीहरूको भर्चुअल बैठक राखेर कुनै पनि नेताले महिला उम्मेदवारमाथि यस्तो हर्कत गरे कडा कारबाही गर्न भनेको छ। 

बैठकमा राज्यका मुख्य सचिव र पुलिस प्रमुख पनि सहभागी थिए। आयोगले चुनाव घोषणापछि महराष्ट्रमा महिला प्रत्यासीविरुद्ध अशोभनीय र आपत्तिजनक टिप्पणी भइरहेको गुनासो आएको बताएको छ।

salt training

कमेन्ट गर्नुहोस्