२५ जेठ २०८३, सोमबार

मोरङ पुग्यो कांग्रेस नेताको ‘युवा संकल्प यात्रा’

कात्तिक २४, २०८१
काठमाडौं
मोरङ पुग्यो कांग्रेस नेताको ‘युवा संकल्प यात्रा’

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले शुक्रबारदेखि शुरू गरेको ‘युवा संकल्प यात्रा’ मोरङ पुगेको छ।  

बेलबारीमा ‘युवा संकल्प यात्रा’मा सहभागीहरूलाई कांग्रेस मोरङका सभापति एवं पूर्वमन्त्री डिगबहादुर लिम्बुलगायतले स्वागत गरे। 

लिम्बुले ‘युवा संकल्प यात्रा’ अभियानले कांग्रेसमा युवाहरूको आकर्षण बढ्ने, उत्साह र नयाँ जागरण ल्याउने विश्वास व्यक्त गरे। अहिलेको सरकारले भ्रष्ट्राचार न्युनिकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने भएकाले ‘युवा संकल्प यात्रा’ले खबरदारी गर्ने पूर्वमन्त्री लिम्बुको अपेक्षा छ। उनले यो अभियानलाई जनताको माझमा अझै विस्तार गर्न आग्रह गरे।

कार्यक्रममा नेताहरू रञ्जित कर्ण, धर्मेन्द्र नेम्वाङ,कोशी प्रदेश सभा सदस्य मानबहादुर लिम्बुलगायत सहभागी थिए। मोरङमा कार्यक्रम सकेर टोली अघि बढेको छ। 

शाहीको नेतृत्वमा शुक्रबार झापाको काँकडभिट्टाबाट मेची-महाकाली ‘युवा संकल्प यात्रा’ शुरू भएको हो। 

null

यात्राका क्रममा पार्टीका नेता, कार्यकर्ता, युवा, विद्यार्थी र सर्वसाधारणसँग समसामयिक राजनीतिक विषयसँगै पार्टी संगठनको अवस्था, पार्टीमा युवाहरूको सहभागिता र भावी रणनीति लगायत विषयमा छलफल हुने शाहीले जानकारी दिए। 

‘युवा संकल्प यात्रा’का लागि शाहीले युवालाई रोजगारी, भ्रष्टाचार उन्मूलन र सुशासन, महँगी नियन्त्रण, सहकारी ठगीमा संलग्नलाई कारबाही, बचतकर्ताको रकम फिर्ता र उद्यमशीलता प्रवर्द्धन लगायतका एजेण्डा तय गरेका छन्।

संकल्प यात्रा मंसिर ४ गते महाकाली पुगेर टुंगिने नेता शाहीले बताएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्