१२ साउन २०८३, मंगलबार

सहकारी ठगी होस् कि मानव तस्करी, कानूनविपरीत काम गर्नेहरू अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा

कात्तिक २४, २०८१
काठमाडौं
सहकारी ठगी होस् कि मानव तस्करी, कानूनविपरीत काम गर्नेहरू अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानूनविपरीत कार्य गर्ने सबैजना कानूनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन्। 

शनिबार गणेशमान सिंहको जन्म जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले विधिको शासनका पक्षमा रहेको आफ्नो मान्यता सत्ता वा प्रतिपक्ष जहाँ रहेपनि नबद्लिने बताएका छन्। उनले हालै एमाले नेता लीलाबल्लभ अधिकारी जोडिएको घटनालाई पनि इंगित गरेका छन्।

'सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस्  कानून सबैको लागि बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानूनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानूनी दायित्व बोक्नुपर्छ', थापाले लेखेका छन्। 

उनले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने समेत उल्लेख गरेका छन्। 

'कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढङ्गले हेर्न पाइँदैन। यो विचार,आवद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस् कि सार्वजनिक स्थानमा होस्, पार्टी सरकारमा हुँदा होस् कि प्रतिपक्षमा हुँदा होस् मेरो यो मान्यता र विश्वास बदलिँदैन', उनले भनेका छन्। 

 

salt training

कमेन्ट गर्नुहोस्