१२ असार २०८३, शुक्रबार

पुराना दल र नेतालाई गाली गरेर स्थापित बन्छु भन्ने सोच्नु मूर्खता हो : प्रदीप पौडेल

कात्तिक २४, २०८१
काठमाडौं
पुराना दल र नेतालाई गाली गरेर स्थापित बन्छु भन्ने सोच्नु मूर्खता हो : प्रदीप पौडेल
फाइल फोटो

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पुराना पार्टीलाई गाली गरेर नयाँको स्थान बनाउन नसकिने बताएका छन् ।

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज तनहुँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहारबीचमा तालमेल नमिल्दा समस्या भइरहेको उनको भनाइ थियो ।

'राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहारबीचमा तालमेल मिलिरहेको छैन, त्यसैले गर्दा समस्या भइरहेको छ,' उनले भने, 'तर पुराना दलहरूलाई गाली गरेर नयाँहरूले त्यो स्थान लिन्छु भन्नु मूर्खताबाहेक अरु केही होइन ।'

अब परिणाममुखी काम गर्ने गरी खटिरहेको उनले बताए । 

'आधारभूत विषयलाई समेटेर योजना बनाएका छौं, अब त्यसलाई सूक्ष्म ढङ्गबाट कार्यान्वयन गर्नेतर्फ अगाडि बढेका छौं,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्