२३ असार २०८३, मंगलबार

बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा

कात्तिक २४, २०८१
काठमाडौं
बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा

‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरेको छ । 
बागमती सरसफाइको छ सय हप्ता पुगेको उपलक्ष्यमा बागमती सरसफाइ महाअभियानले आज आयोजना गरेको ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ परिसंवादमा आयोजना गर्‍यो । 

त्यसक्रममा बागमती सफाइका लागि निजी तथा सरकारी क्षेत्रबाट भए/गरेका काम कारबाही तथा आगामी योजनाका विषयमा छलफल भएको थियो । कार्यक्रममा अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले आमनागरिकमा बागमती हाम्रो सभ्यता र संस्कृति भएकाले यसलाई फोहोर गर्नु हुँदैन भन्ने चेतनाको विकास हुनु नै यस अभियानको ठूलो उपलब्धि रहेको बताए । 

कार्यक्रममा बागमती महाअभियानका अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेल, गोकर्णेस्वर नगरपालिका प्रमुख दीपककुमार रिजाल, डा सुमित्रा अमात्य, वरिष्ठ पत्रकारद्वय युवराज घिमिरे, हरिबहादुर थापा, बागमती सभ्यता आयोजनाका निमित्त प्रमुख उद्धव नेपाललगायतको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्