१२ साउन २०८३, मंगलबार

ट्रम्पका वरिष्ठ सल्लाहकार भन्छन्- युक्रेनी भू-भाग फिर्ताभन्दा पनि शान्ति स्थापनामा जोड दिन्छौं

कात्तिक २५, २०८१
काठमाडौं
ट्रम्पका वरिष्ठ सल्लाहकार भन्छन्- युक्रेनी भू-भाग फिर्ताभन्दा पनि शान्ति स्थापनामा जोड दिन्छौं

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका एक वरिष्ठ सल्लाहकारले युक्रेनमा शान्ति स्थापना गर्नमा ध्यान दिने बताएका छन् । रिपब्लिकन पार्टीका रणनीतिकार ब्रायन लान्जाले बीबीसीलाई बताएअनुसार देशको नयाँ प्रशासनले युक्रेनलाई रुसले कब्जा गरेको भूभाग फिर्ता गराउनुको सट्टा शान्ति स्थापना गर्नमा ध्यान दिने बताएका हुन् । 

म्प प्रशासनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई व्यावहारिक शान्ति विकल्पहरूबारे सोध्न सक्ने उनले बताए । 

यदि युक्रेनी राष्ट्रपति जेलेन्स्की क्रिमिया फिर्ताविना पनि शान्तिका लागि तयार भएमा रुस–युक्रेन युद्ध रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।

रुसले सन् २०१४ मा क्रिमिया प्रायद्वीपलाई गाभेको थियो । त्यसको आठ वर्षपछि रुसले युक्रेनमा पूर्ण मात्राको आक्रमण शुरू गरेको हो । 

ट्रम्पले रुस–युक्रेन युद्ध रोक्नु आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्