
स्पेनमा भीषण बाढीपछि स्थानीय जनतामा प्रशासनविरुद्ध आक्रोश छ । स्पेनको भ्यालेन्सियामा शनिबार क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै हजारौं स्थानीयले प्रदर्शन गरेका छन् ।
बीबीसीका अनुसार भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । बाढीका कारण ८० जना अझै बेपत्ता छन् ।
स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन् । प्रदर्शनको अन्त्यमा आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।