१२ साउन २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

रविलाई थप २५ दिन हिरासतमा राख्न सरकारी वकिलको माग

कात्तिक २५, २०८१
कास्की
रविलाई थप २५ दिन हिरासतमा राख्न सरकारी वकिलको माग

सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न सरकारी वकिलले माग गरेका छन् ।

कास्की जिल्ला अदालत पोखरामा आइतबार न्यायाधीश नवराज दाहालको इजलासमा सरकारी वकिलले बिदासहित थप २५ दिन म्याद थप गर्न प्रस्ताव गरेका हुन् ।

सरकारी वकिल कार्यालयको तर्फबाट कमला काफ्ले बहस गरेकी हुन् । 

यसअघि तेस्रोपटक थपिएको म्याद कात्तिक २४ गते सकिएको थियो ।

लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई त्यही राति पोखरा पुर्‍याइएको थियो । 

पोखराको सूर्यदर्शन सहकारीको पैसा गोरखा मिडियामा लगेर हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरुद्ध कास्की प्रहरीले विभिन्न ४ अभियोगमा अनुसन्धान गरिरहेको छ । 

ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा रविसँग भटाभट बयान लिने काम भइरहेको छ । 

पाँचवटा सहकारीहरू क्रमशः सूर्यदर्शन, स्वर्णलक्ष्मी, सानोपाइला, सहारा र सुप्रिमबाट गोरखा मिडियामा गएको ६५ करोड ५४ लाख रुपैयाँ गएको र उक्त रकम अपचलनमा रविको संलग्नता रहेको भन्दै अनुसन्धान भइरहेको हो ।

सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन गर्नेमध्ये रविका ‘पार्टनर’ एवं गोरखा मिडियाका अध्यक्ष जीबी राई फरार छन् । अर्का सञ्चालक छविलाल जोशी बञ्जाडेलाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि रविलाई ९० दिनसम्म हिरासतमा राख्ने तयारी प्रहरीको छ ।

salt training

कमेन्ट गर्नुहोस्