२५ जेठ २०८३, सोमबार

कांग्रेस नेता तथा पर्यटन व्यवसायी वाग्लेको अन्त्येष्टि

कात्तिक २६, २०८१
काठमाडौं
कांग्रेस नेता तथा पर्यटन व्यवसायी वाग्लेको अन्त्येष्टि

नेपाली कांग्रेसका नेता एवं वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको अन्त्येष्टि गरिएको छ । आइतबार साँझ उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएका वाग्लेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

  नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेको पार्थिव शरीरमा पार्टीका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए । 

     कपार्टीका केन्द्रीय सदस्यहरु बलबहादुर केसी, शङ्कर भण्डारी, कमला पन्त, रामहरि खतिवडा, अब्दुल सत्तार, प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाई, कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेलगायत दर्जनौँ नेता तथा पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

      नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपाल पूर्वमहासचिवसमेत रहेका ५५ वर्षीय वाग्लेलाई कलेजोको समस्या देखिएपछि कात्तिक १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

 स्वर्गीय वाग्लेको ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय रहेको छ । स्वर्गीय वाग्ले कांग्रेस नेता एवं पूर्वमन्त्री चीरञ्जीवी वाग्लेका छोरा हुन् । 

salt training

कमेन्ट गर्नुहोस्