२५ जेठ २०८३, सोमबार

भैरहवामा कतार एयरवेजको उडान शुरू

कात्तिक २७, २०८१
बुटवल
भैरहवामा कतार एयरवेजको उडान शुरू

कतार एयरवेजले मंगलबारदेखि गौमतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान शुरू गरेको छ । 

मंगलबार दोहाबाट उडेको एयरबस ३३० जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। कम्पनीको दोहा-भैरहवा-काठमाडौं-दोहा उडान हुनेछ । 

नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्नेगरि कम्पनीले उडानको अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

कतार एयरवेजसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीको संख्या ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइ एयर एशियाले उडान थालिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्