०४ असार २०८३, बिहीबार

निर्वाचन सुरक्षाबारे सरकार गम्भीर, सेनासँग छलफल

कात्तिक २३, २०७४
निर्वाचन सुरक्षाबारे सरकार गम्भीर, सेनासँग छलफल

काठमाडौँ, २३ कात्तिक- प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा सचिव विनोद केसीबीच आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा नेपाली सेनाको कार्य योजनाका बारेमा छलफल भएको छ । 

जंगी अड्डामा आज भएको भेटघाटमा उनीहरुबीच मुलुकको विद्यमान परिस्थिति र नेपाली सेनासम्बन्धी विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सो अवसरमा जंगी अड्डामा वर्तमान वस्तुस्थिति, सेनाका विभिन्न निकायको जिम्मेवारीलगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा कार्य योजनाका बारेमा प्रस्तुतीकरणसमेत भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्