
कोशी प्रदेश सरकारले दुई पूर्वमुख्यमन्त्रीलाई राखेर राजनीतिक संयन्त्र बनाएको छ ।
सरकार सञ्चालनलाई प्रभावकारी बनाउन कांग्रेस र एमालेले दुई दलीय संयन्त्र बनाएका हुन् । संयन्त्रले आज पत्रकार सम्मेलन गर्दै छन् ।
संयन्त्रमा एमालेका चार तथा कांग्रेसका दुई जना नेता सहभागी छन् । संयन्त्रमा नेकपा एमालेका प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की, र एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन् ।
कांग्रेसका तर्फबाट संसदीय दलका नेता तथा कोशी प्रदेश सभापति उद्धव थापा र महामन्त्री समेत रहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई रहेका छन् ।