१० असार २०८३, बुधबार

आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति

कात्तिक २८, २०८१
बाँके
आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति

नेपालगञ्जको डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन् ।  

गत कात्तिक १९ गते परेको बेमौसमी बर्सातका कारण किसानले तीन सय हेक्टर बढी क्षेत्रफलमा लगाएको आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका हुन् । बीउ कुहिँदा करिब रु एक करोड लगानी खेर गएको किसानले बताएका छन् । 

डुडुवा–६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बीउ वर्षाका कारण कुहिँदा एक लाखभन्दा बढी घाटा बेहोरेको बताए । 

उनले एउटा पनि नटुसाएको र खनेर हेर्दा बीउ सबै कुहिएको देखिएकाले अब हिउँदभर जमिन बाँझो हुने बताए । आलुसँगै आलुको बीउसमेत उत्पादन गर्दै आएका अर्का किसान वंशीलाल मौर्यले वर्षाले ठूलो क्षति बेहोर्नुपरेको बताए । 

डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलुखेती नष्ट हुँदा करिब रु एक करोड बराबरको आर्थिक क्षति पुगेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्