०४ साउन २०८३, सोमबार

महिला सङ्ख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा जरुरी

कात्तिक ३०, २०८१
काठमाडौं
महिला सङ्ख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा जरुरी

नेकपा एमाले निकट अखिल नेपाल ९अनेमसङ्घ० की अध्यक्ष टुकाभद्र हमालले महिला सङ्ख्या बढाउन पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्न जरूरी रहेको बताएकी छन् । 

    सङ्घको आज विभाग प्रमुख, प्रदेश र क्षेत्रीय महिला नेताहरूसँग बसेको बैठकमा हमालले महिला सहभागिताको अवस्थाबारे चिन्ता व्यक्त गरेकी हुन्। पार्टीलाई बाह्य र देशभित्रैका विभिन्न तत्वबाट आक्रमण भइरहेकाले मङ्सिर ७ गते बृहत जागरण सभाको आयोजना गर्न लागेको उनले जानकारी दिइन् । 

अनेमसङ्घको केन्द्रीय कमिटीको बैठकले काठमाडौँ उपत्यकाबाट मात्र कम्तीमा १३ हजार महिलालाई सडकमा उतार्ने निर्णय गरेको छ । 

यस्तै अनेमसङ्घले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने महिला हिंसाविरुद्ध दिवसलाई  भव्य बनाउन तयारी गरेको छ । अनेमसङ्घले संविधान संशोधनका लागि महिलाबाट सुझाव सङकलन गर्ने पनि जनाएको छ । त्यसका लागि केन्द्रीय कमिटीले मातहतका निकायलाई सुझाव सङ्कलनको लागि निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्