१५ असार २०८३, सोमबार

मलाई महानायक जसले भन्छ उसलाई ब्लक गर्छुः दीपकराज गिरी

मंसिर १, २०८१
काठमाडौं
मलाई महानायक जसले भन्छ उसलाई ब्लक गर्छुः दीपकराज गिरी

कलाकार दीपकराज गिरीले आफूलाई महानायक भनेर कतिपयले खिसिटिउरी गरेको भन्दै आक्रोश पोखका छन् । सामाजिक सञ्जालमा गिरीलाई ‘महानायक’ भनेर ट्रोल हुने क्रम नरोकिएपछि उनले आक्रोश पोखेका हुन् । 

उनले आफूलाई सामाजिक सञ्जालमा ‘महानायक’ भन्नेलाई ब्लक गरिदिने चेतावनी दिएका छन् । 

‘आजबाट जस–जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु’, उनले शुक्रबार फेसबुकमा भनेका छन्, ‘तर, मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन । फरक विचार स्वागत, असभ्यता अस्वीकार ।’

null

salt training

कमेन्ट गर्नुहोस्