
मङ्सिर १६ गते हुने तय भएको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रको उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।
शनिबार दुई पार्टीबीच लिखित समझदारी बनेको हो । जसअनुसार कीर्तिपुरमा मेयरको उम्मेदवार बनेका माओवादीका शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउने छ भने काठमाडौँ १६ मा चाहिँ माओवादीले एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउनेछ ।