३१ असार २०८३, बुधबार

देशभर पश्चिमी वायुको प्रभाव, तराईका केही स्थानमा हुस्सु

मंसिर २, २०८१
काठमाडौं
देशभर पश्चिमी वायुको प्रभाव, तराईका केही स्थानमा हुस्सु

आइतबार देशका अधिकांश भागमा मौसम सफा रहने भएको छ । यद्यपि, देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव छ। 

जसका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ।     

विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसमसफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।     

यसैगरी, आइतबार राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।   

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।

कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागको आग्रह  छ। 

salt training

कमेन्ट गर्नुहोस्