१० असार २०८३, बुधबार

नेपाली सेनाका सहसेनानी घाइते

कात्तिक २४, २०७४
नेपाली सेनाका सहसेनानी घाइते

चितवन, २४ कात्तिक - चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको वटुक दल गणका सहसेनानी ४५ वर्षीय राजकुमार श्रेष्ठ हात्तीको आक्रमणबाट घाइते भएका छन्  । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर –२७ मेघौलीमा आज अपराह्न हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो । छातीमा चोट लागेका श्रेष्ठलाई अपराह्न नै हेलिकप्टरबाट सेनाको अस्पताल छाउनी लगिएको प्रहरीले जनाएको छ । निकुञ्जको हात्तीले गस्तीमा हिँडेका समयमा श्रेष्ठलाई आक्रमण गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्