२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

खोला किनारामा घरजग्गा हुनेलाई राहतदेखि राजदूत सिफारिससम्म

मंसिर ७, २०८१
काठमाडौं
खोला किनारामा घरजग्गा हुनेलाई राहतदेखि राजदूत सिफारिससम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका खोला किनारका संरचना हटाउन यसअघि गरेको फैसलामा पुरवलोकनको बाटो खुलेको छ ।

बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको माग बमोजिम निस्सा प्रदान गर्न अनुमति दिएको हो । पूर्ण इजलासको यो आदेशसँगै फैसला पुनरवलोकनका लागि सरकारलाई बाटो खुलेको छ भने खोला किनारामा घरजग्गा हुनेलाई राहत मिलेको छ । 
००००

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) छविलाल जोशीसँग काठमाडौँ ल्याएर बिहीबार बयान लिइएको छ ।

यही मङ्सिर ४ गते कास्कीबाट काठमाडौँ ल्याइएका जोशीसँग दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए । जोशीसँग बयान लिने कार्य सकिएको उनले बताए ।
००००
सरकारले श्रीलंकाका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसैगरी राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य नियुक्त भएका छन् । 
यसैगरी सरकारले राष्ट्रिय योजना आयोगका विशेष अधिकृत (मुख्यसचिव सरह)का डा वैकुण्ठ अर्यालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।
००००
अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
००००
सर्वोच्च अदालतमा राष्ट्र सेवक कर्मचारीको तलब समायोजनसम्बन्धी विषयमा पुनस् सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले बिहीबार उक्त विषयमा पुनरवलोकनको अनुमति प्रदान गरेपछि तलबम समायोजनको विषयमा पुनः सुनुवाइ हुने भएको हो ।  
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनतालाई महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देशन दिएका हुन् ।
०००
 अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपाललाई बीबी रेटिङ दिएको छ ।
फिचले बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा राजनीतिक अस्थीरता र कमजोर प्रशासनिक प्रणाली रहेको जनाएको छ ।
००००
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय हवाई भाडादरमा छुटको व्यवस्था गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनपछि निगमले भाडादरमा केही छुटको व्यवस्था गरेको हो ।
मन्त्री पाण्डेले बुधबार वायु सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूलाई मन्त्रालय बोलाएर २४ घण्टाभित्र भाडा घटाउन निर्देशन दिएका थिए । 
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।
तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसअघि नै सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए ।
००००
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो चौमासिकमा राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ।

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत विवरणअनुसार गत वर्ष सोही अवधिमा रु दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएकोमा चालु आवको चार महिनामा रु तीन खर्ब २३ अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ।
००००
सत्ताको नेतृत्व गरिरहेको नेकपा ९एमाले०ले भोलि शुक्रबार जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दैछ । विपक्षीले सरकारलाई ध्यानाकर्षणसँगै सरकारको कार्यशैलीलाई लिएर विरोध प्रदर्शन गर्ने परम्पराविपरीत एमालेले जागरण सभाको नाममा शक्ति प्रदर्शन गर्न लागेको हो । 
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार दोहोरो अंकले घटेको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को विन्दुमा अडिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्