गूगल म्यापको भरमा बाटो पहिल्याउँदै अगाडि बढेको गाडी बन्दै गरेको पक्की पुलबाट खस्दा ३ जनाको मृत्यु भएको छ ।
घटना भारतको उत्तरप्रदेशको हो । उनीहरू गुरुग्रामबाट बरेली जाँदै थिए । घटना फरिदपुरस्थित रामगंगा नदीमाथि रहेको अधुरो पुलमा भएको हो।
प्रहरीका अनुसार पीडितहरूले डाटागञ्ज (बदायु) हुँदै खलपुरको मार्गबाट फरिदपुरतर्फ यात्रा गरिरहेका थिए । तर, गूगल म्याप प्रयोग गर्दैगर्दा उनीहरूलाई पुल अधुरो रहेको जानकारी थिएन।
फलस्वरूप ट्याक्सी पुलबाट खसेर गम्भीर दुर्घटना भयो। दुर्घटनामा मृत्यु भएका तीनैजना उत्तर प्रदेशकै बासिन्दा हुन् ।
पीडितको परिवारका सदस्यहरूले प्रशासनलाई दोष दिँदै अधुरो पुलमा अवरोधका संकेत नराखिएको गुनासो गरेका छन् ।