०२ असार २०८३, मंगलबार

सिँचाई अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

मंसिर १०, २०८१
बुटवल
सिँचाई अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेशमा सिँचाई अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिँचाई आधुनिकीकरण वृद्धि परियोजनामा सम्झौता गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारिक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।

‘उत्पादन र उत्पादकत्व बढाउन, सुक्खा ठाउँमा सिँचाई बढाउन यो परियोजनाले मद्दत गर्ने छ,’ प्रवक्ता पन्थीले भने, ‘प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पुर्‍याउने छ ।’

यो परियोजना लुम्बिनीसहित पाँच वटा प्रदेशमा लागू हुने छ । किसान व्यवस्थित सिँचाई प्रणालीमार्फत कृषिको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशिलतामा सुधार गर्ने, सिँचाईको आधुनिकीकरण र एकीकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ ।

किसान व्यवस्थित सिँचाई प्रणाली मार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पास्थित रामपुर नगरपालिकाको वडा नम्बर ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्न र रम्भा गाउँपालिकाको वडा नम्बर १ मा जनताको तटबन्ध कार्यालय बुटवलबाट पहाडी लिफ्ट सिँचाई उपआयोजना निर्माण गर्न प्रस्ताव गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्