२६ जेठ २०८३, मंगलबार

उच्च मूल्यबाट २० हजारले घट्यो सुन, एकाएक सस्तिनुको यस्तो छ कारण

मंसिर ११, २०८१
काठमाडौं
उच्च मूल्यबाट २० हजारले घट्यो सुन, एकाएक सस्तिनुको यस्तो छ कारण

स्थानीय बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार नौ सय रुपियाँले घटेको छ । सुन आयातमा लाग्दै आएको भन्सार दर सरकारले घटाएका कारण सुनको मूल्य एक्कासि घटेको हो । 

आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार १५ हजार नौ सय रुपियाँले घटेर एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत कात्तिक १५ गते सुनको मूल्य सबैभन्दा उच्च प्रतितोला एक लाख ७१ हजार रुपियाँ पुगेको थियो । त्यसपछि भने क्रमशः घट्दै आएको थियो ।

सरकारले चालु आर्थिक वर्ष २०८१र८२ बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको थियो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै गएको र भन्सार बढेका कारण बजारमा सुन महँगो हुँदै आएको थियो । गत जेठ १५ गतेदेखि सुनको भन्सारदर लागु हुँदा तोलामा एकै दिन मूल्य बढेको थियो । 
लामो समयदेखि निरन्तर बढ्दै गएको सुनको मूल्य घट्दा उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा भएको छ । आगामी दिनमा थप सुनको मूल्य घट्न सक्ने अनुमान गरिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्