१० असार २०८३, बुधबार

भारतको मध्य प्रदेशस्थित एउटा घरमा बम विष्फोट, चार जनाको मृत्यु

मंसिर ११, २०८१
काठमाडौं
भारतको मध्य प्रदेशस्थित एउटा घरमा बम विष्फोट, चार जनाको मृत्यु

भारतको मध्यप्रदेशस्थित मुरैना जिल्लाको एक घरमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका छ ।

गएराति शहरको टुंच रोड क्षेत्रमा रहेको राठौर कोलोनीमा रहेको मुन्शी राठौरको घरमा बम विस्फोट भएको बीबीसी हिन्दीले जनाएको छ ।

विष्फोट यति शक्तिशाली थियो कि वरपरका घरमा समेत क्षति पुगेको छ । विष्फोटबाट तीनवटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

विस्फोटमा चार/पाँच जना घाइते भएका छन् । दुर्घटनाको कारण भने यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्