०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा को–को छन् ?

मंसिर १३, २०८१
काठमाडौं
प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा को–को छन् ?

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण टोलीमा ३९ जना सरकारी अधिकारी रहने भएका छन् । 

ओली नेतृत्वको सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा रहनेछन् । 

यस्तै कांग्रेस नेता तथा सांसद अर्जुन नरसिंह केसीसहित श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्द्र नाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिव रामप्रसाद घिमिरे, कार्यवाहक सचिव अमृत बहादुर राई  लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह पनि सरकारी टोलीमा रहेका छन् । 

यस्तै प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, कर्मचारीहरु कृष्ण प्रसाद ढकाल, विष्णु प्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य, अनिता सिंहलगायत सरकारी टोलीमा रहेका छन् । 

मंसिर १७ देखि ओलीले चीन भ्रमण गर्नेगरी बिहीबारको मन्त्रिपरिषदबाट स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्