
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) रूपन्देही आउने भएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहान ११ बजे लुम्बिनी आउने भएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई पनि सहभागी हुने विश्वविद्यालयका सूचना अधिकारी चुडामणि पोखरेलले जानकारी दिए ।
विश्वविद्यालयमा २८९ जना विद्यार्थी दीक्षित हुँदैछन् ।