
नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो ।
यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी हर्मोनको औषधी प्रयोग गरेको पाइएको छ । यौनिक तथा अल्पसङ्ख्यक समुदायको क्षेत्रमा काम गर्दै आएकी एन्जल लामाले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी औषधीहरू सेवन गर्ने गरेको बताइन् । गोरखापत्रमा खबर छ ।