२५ जेठ २०८३, सोमबार

विराटनगर किंग्सका मार्टिन गप्टिल अर्धशतक बनाएर आउट

मंसिर १५, २०८१
काठमाडौं
विराटनगर किंग्सका मार्टिन गप्टिल अर्धशतक बनाएर आउट

विराटनगर किंग्सका मार्टिन गप्टिल अर्धशतक बनाएर आउट भएका छन् ।

४३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै उनी ५५ रन बनाएर आउट भएका हुन् ।

हर्ष थाकेरको बलमा उनी अनिल साहको हातबाट क्याच आउट भएका हुन् ।

१५ ओभर सम्मको खेलमा विराटनगरले ४ विकेटको क्षतिमा १ सय रन बनाएर खेलिरहेको छ ।  

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्‌घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किंग्स भिड्दैछन् । 

टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगरले ब्याटिङ गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्