२९ जेठ २०८३, शुक्रबार

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

मंसिर १५, २०८१
कास्की
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका-८ चिप्लेढुंगास्थित ट्रेडमल अगाडि पार्किङ गरी राखेको ग २३ प ९२०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१७ डेभिडफल्स बस्ने २२ वर्षीय विजय थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त मोटरसाइकल गत मंसिर ५ गते साँझ चोरी भएको थियो । घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा विजयले उक्त मोटरसाइकल चोरी गरी केही पार्टपुर्जा आफ्नो ग १६ प १४६२ नम्बरको मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा पोखरा महानगरपालिका-१७ घारीपाटनस्थित कोठामा लुकाई छिपाई राखेको भेटिएको छ ।

पक्राउ परेका थापामाथि जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्