१० असार २०८३, बुधबार

टिकटकर गिभिना मगरलाई एकसाथ मातृ र भ्रातृ शोक

मंसिर १५, २०८१
कास्की
टिकटकर गिभिना मगरलाई एकसाथ मातृ र भ्रातृ शोक

 टिकटकर गिभिना मगरलाई एकसाथ दुई वटा  पारिवारिक शोक परेको छ । दुर्घटनामा आमा गुमाएको केही समयमा उनले भाइसमेत गुमाएकी छन् । 

 उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो । आमाको निधनपछि शोकाकुल बनेका भाइ रामकुमार बुढा समेत शनिबार मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

कास्कीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते आमा धनकुमारी बुढा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए । 

प्रहरीका अनुसार रामकुमार  पोखरास्थित कोठामै मृतावस्थामा फेला परेका थिए । पोखरामा बस्दै आएकी गिभिना सामाजिक सञ्चालनमा आफ्नो सामाजिक कामका कारण चर्चित छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्