०९ असार २०८३, मंगलबार

‘घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाइने छ’

मंसिर १५, २०८१
सप्तरी
‘घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाइने छ’

 मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था गरिने बताएका छन् । 

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–१ को ॐसृजन कृषि सहकारी संस्थाको वार्षिक साधारणसभामा आज उनले महिलालाई व्यावसायिक रूपमा घरेलु उत्पादनमा लाग्न आग्रह गरे । मुख्यमन्त्री सिंहले स्थानीय खानेकुरा तिलोरी, चरोरी, पापडलगायत समानहरू तयार पार्न सुझाव दिँदै त्यसलाई बजारीकरणका लागि सरकारले व्यवस्था मिलाउने आश्वासन दिए । 

युवाहरू विदेशमा गएर यस्तै काम गर्ने तर देशमै नगर्नाले देशपछाडि परेको मुख्यमन्त्री सिंहको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्