
संयुक्त अरब इमरेट्स (यूएई)मा जारी १९ वर्षमुनिको (यू–१९) एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
यूएईको दुबई क्रिकेट मैदानमा बंगलादेशले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ भने नेपालले ब्याटिङ गरिरहेको छ ।
एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जीतको खोजीमा छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बंगलादेश प्रतियोगिताको दोस्रो जीतको खोजीमा छ ।
नेपाल, यूएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन् । गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा यूएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । भारत, पाकिस्तान, जापान र यूएई समूह ‘ए’मा छन् ।