०१ असार २०८३, सोमबार

ग्रामथानमा खस्याे साढे १४ हजार मत

मंसिर १६, २०८१
विराटनगर
ग्रामथानमा खस्याे साढे १४ हजार मत

माेरङकाे ग्रामथान गाउँपालिकाकाे अध्यक्ष पदकाे उपनिर्वाचनमा अहिलेसम्म १४ हजार ५ सय ४३ मत खसेकाे छ ।

दिउँसाे २ बजेसम्म ५५.८४ प्रतिशत मत खसेकाे सहायक निर्वाचन अधिकृत रामराज पाैडेलले जानकारी दिए ।

अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाता रहेकम छन् ।

२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।

मतदान सकिएपछि आज रातिदेखिनै मत गणना गरिने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्