१० असार २०८३, बुधबार

पुथा उत्तरगंगा : ४ बजेसम्म ५ हजार ७२३ मत खस्यो

मंसिर १६, २०८१
बुटवल
पुथा उत्तरगंगा : ४ बजेसम्म ५ हजार ७२३ मत खस्यो

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा चार बजेसम्म ५ हजार ७२३ मत खसेको छ ।

१४ वटा वडाको २२ मतदान केन्द्रमा २ हजार ९९३ महिला र २ हजार ७३० पुरुषले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन सहायक अधिकृत ईश्वरी सुवेदीका अनुसार गाउँपालिमा पालिकामा ११ हजार १८० मतदाता रहेका छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । 

गाउँपालिकाको २ नम्बर वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेकाले उपाध्यक्ष पदका लागि मात्रै मतदान भएको हो ।

पुथाउत्तरगंगामा कांग्रेस र एमालेले तालमेल गरेका छन् । नेकपा एमालेकी केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बनेकी छन् ।

नेकपा माओवादी केन्द्रले भने नरपुरा बुढालाई उम्मेदवार बनाएको छ ।

नरपुरा बुढा दिवंगत उपाध्यक्ष भूपेन्द्रा बुढाकी दिदी हुन् । पुथा उत्तरगंगा माओवादीको जनआधार बलियो रहेको पालिकामा पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्