२२ जेठ २०८३, शुक्रबार

मुसिकोट-१ मा कांग्रेसले जोगायो विरासत, वडाध्यक्षमा श्रेष्ठ विजयी

मंसिर १७, २०८१
बुटवल
मुसिकोट-१ मा कांग्रेसले जोगायो विरासत, वडाध्यक्षमा श्रेष्ठ विजयी

गुल्मीको मुसिकोट नगरपालिका-१ मा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ विजयी भएका छन् । आइबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दलबहादुर थापालाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । 

१ हजार १८४ मत ल्याएर श्रेष्ठ विजयी हुँदा निकतम् प्रतिष्पर्धी एमालेका थापाले ९३० मत मात्र ल्याउन सके । त्यस्तै माओवादी केन्द्रका दुर्गाबहादुर विकले १४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विकास थापाले ४३ मत मात्र ल्याए । 

यो वडामा गत निर्वाचनमा पनि कांग्रेस नै विजयी भएको थियो । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि मुसिकोट नगरपालिका–१ मा उपनिर्वाचन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्