
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज बागमतीका दुई टोलीबीच भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले काठमाडौं गुर्खाजको सामना गर्नेछ । यी दुई टीमबीचको खेल बिहान सवा ९ बजे शुरू हुनेछ ।
चितवनको मार्की प्लेयरमा कुशल मल्ल रहेका छन् भने काठमाडौंको मार्की खेलाडी करण केसी छन् ।
आजै दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सको सामना गर्नेछ। जनकपुर लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।
यी दुई टीमबीचको खेल दिउँसो सवा १ बजे शुरू हुनेछ । उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई हराएको थियो ।