नेपाल प्रिमियर लीग एनपीएलअन्तर्गत आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्स सामु १४२ रनको चुनौती पेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन जोड्यो ।
मध्यम स्कोर खडा गर्ने क्रममा कर्णालीका लागि गुल्सन झाले सर्वाधिक ३६, अर्जुन घर्तीले ३३, सोमपाल कामीले २९, शिखर धवनले १४ र बाबर हयातले १२ रन जोडे ।
जनकपुरका लागि मोहमद मोसिनले २ तथा किशोर महतो, ललित राजवंशी, हर्ष थाकर र जिमी निसमले १/१ विकेट लिए ।
जनकपुरले आफ्नो पहिलो खेलमा विराटनगरविरुद्ध जीत दर्ता गरेको थियो ।