२६ जेठ २०८३, मंगलबार

ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख बुढाथोकी घुससहित पक्राउ

मंसिर १७, २०८१
काठमाडौं
ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख बुढाथोकी घुससहित पक्राउ

ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी घुस रकमसहित पक्राउ परेका छन् ।

सवारी साधनलाई आवत-जावत गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बुढाथोकीलाई सोमबार रङ्गेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्