०२ साउन २०८३, शनिबार

नालामा डुबेर महिलाको मृत्यु भएपछि छानबिन समिति गठन

मंसिर १८, २०८१
सिरहा
नालामा डुबेर महिलाको मृत्यु भएपछि छानबिन समिति गठन

सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । 

पूर्वाधार कार्यालय सिरहाका प्रमुख रामदेव खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत सुरेश साह रहेको छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो । मृतकका आफन्त तथा स्थानीयले नगरपालिका र नाला निर्माण व्यवसायी कम्पनीको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका थिए । नगरपालिकाले उक्त खाल्डो एक वर्षअघि खनेको स्थानीयवासीको भनाइ छ । 

मिर्चैया नगरपालिकाले भने नाला निर्माण योजना संघीय सरकारको भएको जनाएको छ । नगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै उक्त योजना संघीय सरकारको भएको जनाएको छ । 

मिर्चैया बजार क्षेत्रमा दुई वर्षअघि नाला निर्माणको काम गरेको शहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराजका कार्यालय प्रमुख उदय चौधरीको भनाइ छ ।   

salt training

कमेन्ट गर्नुहोस्